गण्डकी प्रदेश सरकारद्वारा गठित उच्च स्तरीय समिति फेवाताल नापजाँच गर्दै
मुलुककै महत्वपूर्ण प्राकृतिक सम्पदा फेवातालको प्रारम्भिक नापजाँच कार्य शुरु भएको छ । गण्डकी प्रदेश सरकारले गठन गरको उच्चस्तरीय समितिले प्रारम्भिक चरणमा फेवाताल वरपरको अध्ययन, स्थलगत निरीक्षणका साथै नापजाँच गरेको हो ।
प्रदेश सांसद राजीव पहारी, रामजी बराल(जीवन), विन्दु थापा र प्राविधिक सहितको टोलीले नापजाँच गरेको हो । नापजाँचपछि सांसद पहारीले सामाजिक सञ्जालमा फोटो र एक स्टाटश लेख्नुभएको छ ।

‘पोखराको मात्र नभई राष्ट्र कै महत्त्वपूर्ण सम्पत्ति हो । आज फेवाताल दिन प्रतिदिन पुरिदै प्रदुषित हुदै र अतिक्रमण हुदै गयको छ । यस्को सरक्षण सम्वर्धन गर्न सर्वाेच्च अदालतले गरेको फैशलालाई कार्यन्वयन गर्ने राज्य, सरकार ,नागरिक समाज साथै स्थानीयबासी लगायत सबैको दायित्व र जिम्मेवारी हो । आज फैसला कार्यन्वयन गर्न बनेको गण्डकी प्रदेश सरकारले निर्माण गरेको उच्चस्तरीय समितिले प्रारम्भिक चरणको फेवाताल वरपरको फिल्ड को अध्ययन अवलोकन र नाप जाच गरेको छ ।’

