बाेरिस जाेनसन बेलायतकाे नयाँ प्रधानमन्त्री
बोरिस जोनसन संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएकाे छ ।
बेलायतको सत्ताधारी कन्जरभेटिभ पार्टीको नेताका लागि भएको चुनावमा बाेरिसले विजयी हुनुभएकाे छ । बाेरिसले ९२ हजार १५३ मत पाए भने हन्ट ले मात्र ४६ हजार ६५६ मत पाएका छन् ।
जोनसनले बुधबार प्रधानमन्त्री पद सम्हाल्ने कार्यक्रम रहेकाे छ । ब्रेक्जिटलाई लिएर युरोपियन युनियनसँग गर्ने सम्झौता संसदबाट पास गर्न नसकेपछि प्रधानमन्त्री मेले पार्टी नेता र प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएकाे थियाे ।
Facebook Comments

