ब्राजिलमा सानाे विमान खस्याे

ब्राजिलमा एउटा सानाे विमान दुर्घटनामा परेकाे छ । इल्हेअस सहरका लागि उडेको केही समयभित्रै विमान दुर्घटना भएको थियो ।

बेलो हरिजोन्ट सहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको हाे ।

सोमबार भएको यस दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएकाे छ ।

विमानकाे इन्जिनमा समस्या आएपछि राजधानी सहर मिनास गेराइज राज्यको आवासीय इलाकाको सडकमा सो विमान खसेको थियो ।

विमानले सडकमा गुडिरहेका तीनओटा कारलाई ठक्कर दिएको र त्यसलगत्तै विमानमा आगलागी भएको अधिकारीहरूले बताएका छन् ।

विमान विस्फोटमा परी चारओटा गाडी पूर्णरुपले क्षतिग्रस्त भएका छन् । विमानमा एक चालक र तीन यात्री सवार थिए ।

विमानका एक व्यक्ति, कारका एक र एक पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएकाे छ ।

एजेन्सीकाे सहयाेगमा

Facebook Comments