मौषम आंशिक देखि पूर्ण रुपमा बदली हुने, पोखरामा हल्का बर्षा
जल तथा मौषम विभागले बुधबार दिउँसोदेखि देशभर सामान्य देखि पूर्ण रुपमा बदली हुने जनाएको छ । पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना रहेको विभागले जारी मौषम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।

हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुनसक्ने पनि विभागले जनाएको छ । पोखरा र आसपासका क्षेत्रमा अहिले हल्का बर्षा भइरहेको छ भने मनाङ, मुस्ताङ, गोरखा र लमजुङ लगायतका जिल्लाका उच्च भागमा हिमपात भएको छ । पोखरामा मंगलबार बेलुकीदेखि नै हल्का बर्षा भइरहेको छ ।
Facebook Comments

