म्याग्दीमा क्रियाशील पत्रकार सम्मानित

म्याग्दीमा क्रियाशिल पत्रकार सन्तोष गौतम के.डी वर्ष पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत हुनुभएको छ । म्याग्दीको मंगला गाउँपालिका २ सिमलचौरमा रहेको केडी कटेज प्रालीको तेस्रो वार्षिक उत्सवको अवसरमा गौतमलाई सम्मान गरिएको हो ।

समाचारको माध्यमबाट कृषि र ग्रामिण पर्यटन क्षेत्रको विकासमा पु¥याएको योगदान वापत गौतमलाई ११ हजार १११ रुपैयाँ राशीको पुरस्कार अर्पण गरिएको हो । उहाँलाई मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, वडा अध्यक्ष धनबहादुर खाती, कटेजका सञ्चालक अशोक शर्मा लगायतले पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो ।

लामो समयदेखी म्याग्दीमा क्रियाशिल पत्रकारितामा आवद्ध गौतम रासस, टेलिभिजन, पत्रिका, एफएम तथा विभिन्न सञ्चार माध्यममा आवद्ध हुनुहुन्छ । कृषिमा आधारित पर्यटन र होटल ब्यवसाय गर्ने उद्देश्यले तीन वर्षअघि स्थापीत उक्त कटेजले प्रत्येक वार्षिक उत्सवको अवसरमा गत वर्षदेखि एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।

सोही अवसरमा हाल अस्टे«लियामा रहेका अन्नपूर्ण पोष्ट्का पूर्व म्याग्दी सम्बाददाता गोपाल छन्त्याललाई कदरपत्र र नागरिक दैनिक कर्मि हरिकृष्ण गौतमलाई प्रशंसापत्र र दोसल्लाद्धारा सम्मान गरिएको थियो । उक्त पुरस्कार गत वर्ष कान्तिपुर दैनिकका घनश्याम खड्कालाई प्रदान गरिएको थियो ।

Facebook Comments