सहारा यूके लगाएत यूकेबाट आएका सहयोगीहरुद्वारा सहारा एकेडेमीको भ्रमण

यूके बाट सहारा क्लब द्वारा संचालित १७ औं आहा ! रारा फुटबलका लागि आएका सहारा यूके लगाएत यूके बाट आएका अन्य सहयोगीहरुले शनिबार दोविल्ला स्थित सहारा एकेडेमीको निरिक्षण भ्रमण गरेका छन ।

सो अवसरमा सहारा यूकेका नव निर्वाचित अध्यक्ष कुमार गुरुङले सहारा क्लब द्वारा संचालित सहारा एकेडेमीमा व्यवस्थित रुपमा सञ्चालन हुँदै आएका देख्दा खुशी लागेको बताउनुभयो । उहाँले आगामी दिनमा समेत सहयोगका हातहरु अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । आगामी दिनमा समेत सहाराको अक्षय कोष २ करोडको लक्ष्य पु¥याउन सहयोग जुटाउने प्रयासहरु जारी रहने उहाँको भनाई छ ।

कार्यक्रममा तमु धी जापानका अध्यक्ष श्री भक्त गुरुङले नेपालमा पहिलो पटक सुव्यवस्थित र नमुना एकेडेमी संचालन भएको देख्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले जापानबाट एकेडेमीका लागि सहयोग जुटाउन आफूले पहल गर्ने बताउनुभयो ।

सहारा एकेडेमी भ्रमणका लागि पुगेका गिनिज बुक्स अफ वल्र्ड रेकर्ड किर्तिमानधारी धावक ले.कुशाङ गुरुङले अक्टोबर २०१९ मा यूकेमा आयोजना हुने च्यारिटी म्याराथनमा सहारा एकेडेमीका लागिे अक्षयकोष जुटाउन सक्दो पहल गरिने जानकारी दिनुभयो ।

सो अबसरमा एनआरएन यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, सहारा यूकेका महासचिब धनु पुरन थकाली, सल्लाहकार चन्द्रमान गुरुङ, योगश गुरुङ, कमल गुरुङ, भानु गुरुङ थकाली, लालकाजी गुरुङ, जगन गुरुङ, सहारा एफसीका अध्यक्ष कृष्ण गुरुङ लगाएत उनीहरुका परिवार सहित १८ जना सहभागी थिए ।

कार्यक्रममा एकेडेमीमा आश्रित कमल शोमे मगरले सम्पूर्ण बालकहरुका तर्फ बाट भनाई राख्दै सहयोगीहरुले देखाएको चासोप्रति खुशी व्यक्त गर्दै थप मिहनेतका साथ अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भ्रमणमा आएका सहयोगीहरुलाई सहारा क्लबका अध्यक्ष केशव वहादुर थापा, क्लबका पूर्व अध्यक्ष एवम एकेडेमीका संयोजक विक्रम थकाली, महासचिब विश्वराज बराल लगाएतले भ्रमणमा आएकाहरुलाई स्वागत गर्दै सम्पूर्णमा आभार व्यक्त गरेका थिए ।

Facebook Comments