केरामा लाग्ने रोग पहिचानका लागि चितवनमा नमुना संकलन

चितवन जिल्लामा केरामा लागेका रोग, किरा र माटोमा देखिएको समस्या पहिचान गर्नका लागि बोट र माटोको नमुना संकलन गरिएको छ । विज्ञ टोलीले कालिका, रत्ननगर र खैरहनी नगरपालिकाका विभिन्न स्थानबाट स्थलगत निरीक्षण गरि नमुना संकलन गरेको हो ।

टोलीले रोग, किरा र माटोको नमुना संकलन गरि नार्क अन्तरगतको बालि रोग विज्ञान महाशाखाको प्रयोगशाला बालि संरक्षण प्रयोगशाला र माटो परीक्षण प्रयोगशाला ललितपुर पठाईएको छ । चितवनका विभिन्न स्थानबाट माटो र रोग किराको १२,१२ वटा नमुना संकलन गरिएको टोलीले केरा जोन चितवनका कृषि अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार रोग किरा लगायतका समस्या पहिचानका गरी चितवनमा केरा प्रवद्र्धनका गर्नको लागि नमुना संकलन गरिएको हो । निरिक्षणमा क्रममा मालभोग जातका केरालाई गुभो कुहिने रोग, ओईल्याउने रोग, गभारो र कोत्रेनि किरा, माटोमा निमाटोडले क्षती पुर्याएको प्रारम्भिक अनुमान गरिएको ढुंगानाले बताउनुभयो ।

स्थानीय मालभोग जातको विकल्पमा नयाँ जातको केरा प्रयोग गरी रोग अवरोधक बनाउने तर्फ अनुसन्धान केन्द्रित गर्नुपर्ने आवश्यकता देखिएको निरिक्षणपछि ज्ञान केन्द्र चितवनका प्रमुख सुधिर श्रेष्ठले जानकारी दिनुभयो ।

विशेष गरेर, पदमपुर चैनपुर क्षेत्रका स्थानमा केरामा रोग लागेको पाइएको छ । बगैचा व्यवस्थापनको अवस्था हेरेर यी क्षेत्रहरुमा २५ देखि ५० प्रतिशत सम्म क्षती पुर्याएको केरा जोन चितवनले जानकारी दिएको छ । रोग किराबाट केरा व्यवसाय नै धरासायी हुन लागेकोले छिटो समस्या समाधान गर्नका लागि निरिक्षण टोलीलाई किसानहरुले आग्रह गरेका थिए ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कका वैज्ञानिक विमला पन्त, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख सुधीर श्रेष्ठ, बालिसंरक्षण अधिकृत पुर्णिमा क्षेत्री, केरा जान चितवनका कृषि अधिकृत इन्द्रशर्मा ढुंगाना, राष्ट्रिय फलफुल विकास केन्द्रका बागवानि विकास अधिकृत प्रतिक्षा श्रेष्ठ, बालि संरक्षण प्रयोगशालाका बालि संरक्षण अधिकृत समिक्षा गौतम लगायतको टोलिले केराका निरिक्षण गरेको थियो ।

केरामा देखिएको समस्याका पहिचान भएर दुई हप्तामा भित्रमा नै नतिजा आउने टाेलीले जानकारी दिएकाे छ । चितवनमा करिव ३ हजार विगाहा क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । कृषकहरूले भने केरामा देखिएको रोगको पहिचानका लागि गरिएकाे नमूना संकलनमा असन्तुष्टी जनाएका छन् । केरा खेतीमा संलग्न अगुवा किसानहरुलाई वेवास्ता गरिएको उनीहरुकाे भनाइ छ ।

Facebook Comments