कास्कीको मादीमा निर्माणधीन पूल बगायो
कास्कीको मादी गाउँपालिका ज्याम्दुस्थित मादी नदीमा निर्माणाधीन पुल बाढीले बगाएको छ । मादी नदीमा शनिबार आएको बाढीले उक्त निर्माणधीन पुल बगाएको हो ।
ठेकदार कम्पनी मृत सञ्जिवनी निर्माण सेवाले पुलको आधा भाग ढलानको तयारी गरेको थियो ।
तेस्रो पटक थपिएको म्याद अनुसार पनि गत बैशाखमा नै सक्नुपर्ने पुल निर्माणको काम असारसम्म पनि आधा पनि पुरा हुन नसकेको हो । ठेकदार कम्पनीको लापरवाहीले गर्दा लाखौं रुपैयाँ नोक्सान भएको छ ।
मृत सञ्जीवनी निर्माण सेवासँग १५ महिनाभित्र काम सक्ने गरी २०७२ चैत १२ गते ८ करोड ६ लाख ९६ हजार रुपैयाँमा पुल निर्माणको सम्झौता भएको थियो ।
भुकम्प लगायतका विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले निर्माण सम्पन्न गर्ने अवधिसम्म पुल बनाउन शुरु नै गरेको थिएन ।
पछि दोस्रोपटक त्यसपछि २०७५ असार १५ गतेसम्मका लागि म्याद थप भएको थियो । सो अवधिमा पुलको एउटा मात्रै पिल्लर उठाएको ठेकेदार कम्पनी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परहेको थियो ।
पछि सम्पर्कमा आएको ठेकेदार कम्पनीलाई २०७६ बैशाखसम्ममा निर्माण सम्पन्न गर्ने गरी तेस्रो पटक म्याद थपिएको थियो ।
यसैगरी लमजुङ र मनाङ जोड्ने म्यार्दीखोलाको बेलिब्रिज बगाउँदा मनाङतर्फको आवागमन ठप्प भएको छ । मनाङ जोड्ने उक्त बेलिब्रिज गएको वर्षमात्रै निर्माण भएको थियो ।
म्यार्दी पुल बाढीले बगाएपछि मनाङदेखि लमजुङ आउँदै गरेका सवारी साधन रोकिन पुगेका छन् । उक्त सडकको ३ ४ ठाउँमा पहिरोले क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

