पाेखरामा काेरियाली साङयोङ मोटर्सको शो–रुम सञ्चालनमा

आइएमएस गु्रपले पोखराको उत्तमचोकमा काेरियाली साङयोङ मोटर्सको शो–रुम शुभारम्भ गरेको छ । साङयोङ मोटर्सले काठमाण्डौपछि पोखरेली ग्राहकलाई लक्षित गर्दै साङयोङ कम्पनीका गाडी बिक्रीका लागि शो–रुम सञ्चालनमा ल्याएको हो ।

शो–रुमको आइतबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, मिस नेपाल २०१२ श्रृष्टी श्रेष्ठ, आएएमएस ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, आइएमएस ग्रुपका सिइओ दीकेश मलहोत्रा, आइएमएस मोटर्सका निर्देशक विमल सावर्थिया लगायतको उपस्थितिमा शुभारम्भ गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बचत गर्ने भन्दा पनि लगानी र खर्च गर्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो । मन्त्री गुरुङले गण्डकी प्रदेशले लगानी र प्रविधिलाई स्वागत गर्ने उल्लेख गर्नुभयो । पूँजी र प्रविधिको माध्यमबाट उद्योग, कलकारखाना र व्यवसायको विस्तारमा प्रदेश सरकारले समेत सहयोग गर्ने उहाँको भनाई छ ।

काठमाडौंमा यसअघि नै सुविधासम्पन्न सर्भिस सेन्टर सहित साङयोङका गाडी विक्री गर्दै आएको आइएमएस गु्रपले यही महिनामा बुटर तत्पश्चात चितवन र विराटनरमा समेत शाखा सञ्चालन गर्ने जनाएको छ । साङयोङ मोटर्स कोरियन लक्जरी एस.यु.भी. ब्राण्डको दक्षिण एसियाकै चौथो ठूलो अटोमोवाइल निर्माण कम्पनी हो ।

कोरियामा निर्माण भएका यी कम्पनीका गाडीहरु अति नै लक्जरियस रहेको आई.एम.एस.मोटर्सका निर्देशक विमल सावर्थियाले जानकारी दिनुभयो । उहाँका अनुसार यी गाडीहरु विभिन्न मोडलमा छन् भने कारमा लाइनअप्स लक्जरी, एसयूभीएस, पिकअप ट्रक र एमपीभिएस लगायत रहेका छन् ।

यसअघि स्पेयर पार्टस् सप्लाईमा समस्या रहेकामा सो समस्या नरहने आइएमएस गु्रपले जनाएको छ । साङयोङका गाडीहरु मोडल अनुसार ६५ लाख ९९ हजारदेखी १ करोड ५४ लाख ९९ हजारसम्मको रहेको ग्रुपका सिइओ दीकेश मलहोत्राले जानकारी दिनुभयो ।

Facebook Comments