क्यान इन्फोटेकको तयारी तीब्र, माविस्तरीय आइटी क्वीज समावेश


फागुन १८ गतेदेखि हुने क्यान इन्फोटेकमा माध्यमिक विद्यालय स्तरीय आइटी क्वीज प्रतियोगिता हुने भएको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा फागुन १८ देखि २४ गतेसम्म हुने क्यान इन्फोटेकका अवसरमा रनिङशील क्वीज प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।

क्वीजमा सहभागी हुन इच्छुक विद्यालयहरुले फागुन १७ गतेसम्म क्यानको सचिवालयमा दर्ता गराईसक्नुपर्ने प्रतियोगिता सहसंयोजक ईश्वर चालिसेले जानकारी दिनुभयो । क्वीजमा ६० प्रतिशत आइटीका र ४० प्रतिशत सामान्य ज्ञानका प्रश्न समावेश गरिने आयोजकले जनाएको छ । विद्यार्थीहरुमा अतिरिक्त ज्ञान हाँसिल गर्न तथा अध्ययनमा चासो बढाउन प्रतियोगिता प्रभावकारी भइरहेको क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको भनाई छ ।

इन्फोटेकमा कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर समेत प्रदान गरिने भएको छ । आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादन प्रदर्शनी तथा अन्य आइसिटीसँग नवीनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी, मोबाइल प्रदर्शनी एवं बिक्री गरिने भएको छ ।

मेलामा क्यानले दृष्टिविहीनहरुलाई निःशुल्क कम्प्युटर तालिम प्रदान भइरहेको छ मेलामा सूचना प्रविधिसँग सम्बन्धित १ सय भन्दा बढि स्टल रहने बताइएको छ । प्रदेश स्तरीय इन्फोटेकलाई आफूहरुले पनि साथ दिने क्यान प्रदेशका उपाध्यक्ष तुलसीराम पाण्डेले जानकारी दिनुभयो । सूचना तथा प्रविधिबारे जानकारी लिन इन्फोटेक प्रभावकारी हुने क्यान गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोलाले जानकारी दिनुभयो ।

क्यान इन्फोटेकसँगै सिटी रेवान पोखराको आयोजनामा सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल पनि हुनेछ । इन्फोटेकको मुख्य प्रायोजन भायानेटले गरेको छ । इन एसोसिएसन विथमा आइ.एम.ई पे, सपोेर्टेड बाइमा कंगारु एजुकेसन, डाइमन्ड स्पोन्सरमा डिजिकम र जेरक्स, होटल पार्टनरमा होटल मुनस्टोन, एजुकेसन सपोर्टमा ओम डेभलपमेन्ट बैंक र इन्फरम्याटिक्स कलेज, इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स, आइटी सेक्युरिटी पार्टनरमा टिपी लिंक टे«डर्सले साथ दिएको छ ।

Facebook Comments