अन्तराष्ट्रिय नाटक महोत्सवको तयारी पुरा

पोखरामा फागुन १५ गतेदेखि आयोजना गरिने पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव २०७५ को तयारी पुरा भएको छ । पोखराका दुई क्रियाशिल नाट्य संस्था पोखरा थिएटर र युथ क्रियशन थिएटरको संयोजनमा आयोजना हुने यो नाटकको तयारी पुरा भएको महोत्सव निर्देशक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिनुभाये ।

महोत्सवको उद्घाटनको दिनमा झाँकी सहितको ¥याली निकालिने युथ क्रियशन थिएटरका सचिव सौगात पोखरेलले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन बुधबार ११ बजे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले गर्ने कार्यक्रम तय भएको छ । औपचारिक कार्यक्रम पश्चात पोखरा थिएटरको पाँचौ प्रस्तुतीको रुपमा रहेको नाटक निरमाया मञ्चन गरिनेछ ।

महोत्सव फागुन २२ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघर ग्रैहापाटनमा चल्नेछ । फागुन १५ गते साँझ पौने पाँच बजे पुनः निरमाया मञ्चन हुनेछ । यसैगरी १६ गते भारतको ब्लाक एण्ड ह््वाइट, १७ गते मेसेडोनियाको प्राइभेट कन्फेन्सन, १८ गते नेपालको कन्फेसन, १९ गते नेपालकै गैडा टाइम्स, २० गते भारतको इन ट्रान्जीट, २१ गते नेपालको मेमोरी यार्ड र अन्तिम दिन २२ गते युथ क्रियशन थिएटर पोखराको घेरो नाटक मञ्चन हुनेछ ।

महोत्सवमा मञ्चन हुने ८ वटै नाटक हेर्न नाट्यप्रेमीले एक हजार शुल्क तिरेर फेस्टिभल मेम्बरसिप कार्ड लिन सक्नेछन् । नाटक मञ्चनका अलावा विभिन्न सेसन मार्फत मञ्चन भएका नाटकका कलाकार तथा निर्देशकसँग छलफल हुनेछ । छलफल सेससन बिहानमा हुनेछ । महोत्सवमा मञ्चन हुने नाटक हेर्नका लागि अग्रीम टिकट बुकिङ गर्न समेत आयोजकले नाट्यप्रेमीसँग आग्रह गरेका छन् ।

Facebook Comments