युद्ध अन्त्य र शान्ति घोषणा पत्र(डिपिसिडब्लु) कार्यान्वयनका लागि अभियान जारी
अन्तर्रा्ष्ट्रिय गैर सरकारी संस्था हेभनली कल्चर वर्ल्ड पिस रेस्टोरेसन अफ लाइट ( एचडब्लुपिएल)ले युद्ध अन्त्य र विश्व शान्तिका पक्षमा विशेष अभियान सञ्चालन गरिरहेको छ । एचडब्लुपिएलले तयार पारेको युद्ध अन्त्य र शान्ति घोषणा सम्बन्धि घोषणापत्रलाई संयुक्त राष्ट्रसंघ मार्फत् लागू गराउनका लागि अभियान सञ्चालन गरिएको छ ।

सोही अनुरुप दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित कार्यक्रमका सहभागीहरुले शान्ति र युद्ध अन्त्यका पक्षमा आवाज उठाएका छन् । एचडब्लुपिएलले तयार पारेको घोषणा पत्र (डिपिसिडब्लु)लाई संयुक्त राष्ट्र संघको प्रस्तावनामा समावेश गर्न कार्यक्रमका सहभागीहरुको माग रहेको थियो ।
कार्यक्रममा एचडब्लुपिएलका अध्यक्ष म्यान हि लिले युद्धले विश्वमा क्षति मात्र गर्ने, युद्धको पीडा कसैले भोग्नु नपरोस् भन्ने कामना गर्नुभयो । उहाँले जनताले चाहे जे पनि सम्भव हुने उल्लेख गर्नुभयो । विश्व शान्तिका लागि एउटा परिवारका रुपमा एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
शान्तिका लागि हरेक नागरिकले आफनो सरकारलाई दबाब दिनुपर्ने अध्यक्ष लिको भनाई थियो । कार्यक्रमका वक्ताहरुले युद्धको अन्त्य भएपछि मात्र विकाश सम्भव भएको बताउनुभयो । डिपिसिडब्लु कार्यान्वयनमा लगिए विश्व शान्ति कायम हुन सक्ने उनीहरुको भनाई थियो ।

कार्यक्रममा विश्वका १ सय ९३ वटा मुलुकमा शान्ति पत्र अभियान शुरु भएको जानकारी दिइएको थियो । यो अभियान अन्तर्गत नागरिकहरुले आफ्ना सरकार प्रमुखलाई शान्ति प्रतिको प्रतिबद्धताका लागि आग्रह गर्दै पत्र लेख्ने गरेका छन् ।

अष्ट्रेलियामा पनि युवाहरुले शान्तिपत्र अभियान सञ्चालन गरेका छन् । सिड्नीमा आयोजित एक कार्यक्रममा ३ सय ५० बढीको सहभागिता रहेको थियो । युवाले भोलीको दिनलाई एकता र सौहाद्र बनाउन सक्छन भन्ने नारा सहित कार्यक्रम गरिएको हो ।

