पोखरामा रेष्टुरेण्टबाट लागू औषधसहित ५८ जना पक्राउ
पोखराको लेकसाइडमा रहेको एक रेष्टुरेण्टबाट प्रहरीले करिब ५८ जना नेपाली र विदेशी पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाहको कमाण्डमा गएको टोलीले द अफिस रेष्टुरेण्टबाट करिब ५८जना नेपाली र विदेशीलाई अवैध लागू औषध प्रयोग गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पोखरा ६ लेकसाइडको खहरेमा रहेको उक्त रेष्टुरेण्टमा डान्सपार्टी भएको छ भन्ने सुचनाका आधारमा प्रहरीले छापा मारेको हो । प्रहरीले गाँजा, चरेस लगाएतका लागुऔषध सहित उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । उनीहरु सबै माथी छानविन गरी दोषीलाई कार्वाही गर्ने र दोषी नभएकालाई छाड्ने प्रहरीले बताएको छ ।
Facebook Comments

