हिन्दुहरूकाे दाेस्राे ठूलाे चाड तिहार शुरू, पहिलाे दिन कागतिहार मनाइँदै

हिन्दुहरूकाे दाेस्राे ठूलाे चाड तिहार शुरू भएकाे छ ।

यमपञ्चक शुक्रबार बेलुकीदेखि नै शुरु भएकाे हाे भने तिहारकाे पहिलाे दिन काग तिहार शनिबार मनाइँदै छ ।

त्रयोदशी तिथिको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्र सम्मत् रुपमा शनिबार काग पुजा गर्ने तय भएकाे नेपाल पञ्चांग निर्णायक समितिले जनाएकाे छ ।

बहिनी यमुनाकाे खबर र लाेककाे खबर समेत यमराजले कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ ।

कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने चलन छ ।

कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने जनविश्वास रहेकाे छ ।

Facebook Comments