पोखरा सार्वजनिक जमीन मिचेर बनाएको घर भत्काइयो
पोखरा महानगरपालिकाले सार्वजनिक जमीन मिचेर बनाएको घर भत्काएको छ । सोमबार पोखरा ५ धारापानी मार्गमा यूवराज खतिवडाको मापदण्ड विपरित सार्वजनिक जमीनमा बनेको घर महानगरले डोजर लगार भत्काएको हो । महानगरले मापदण्ड विपरित बनेका घरहरु भत्काउनु परेको बताएको छ।
मापदण्ड विपरितको घर भत्काउन पटकपटक आग्रह तथा पत्राचार गर्दा पनि अटेर गरेपछी बाध्यम भएर महानगरले भत्काउनुपरेको वडाध्यक्ष धनबहादुर नेपालीले बताए । महानगरले गत माघमा पनि पोखरा ४ फिर्केमा मापदण्ड मिचेर घर बनाएका एक जनप्रतिनिधिको घर पनि डोजर लगाएर भत्काएको थियो ।
Facebook Comments

