गण्डकी प्रदेशमा दसैंको घटस्थापनामा सार्वजनिक बिदा
गण्डकी प्रदेशमा दसैंकाे घटस्थापना अर्थात् जमरा राख्ने दिनमा सार्वजनिक विदा हुने भएकाे छ ।
गण्डकी प्रदेश सरकारले दसैंको घटस्थापनामा सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।
यही असोज १२ गते परेको घटस्थापनाको दिन सार्वजनिक बिदा दिने निर्णय भएको प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयाे ।
केन्द्र सरकारको निर्णयबाहेक प्रदेश सरकारलाई थप ६ दिन बिदा गराउन पाउने सुविधा अन्तर्गत घटस्थापनाका दिन विदा दिइएकाे हाे । यसअघि प्रदेश सरकारले माघे संक्रान्ति, ल्होछार लगायतका पर्वमा पनि बिदा दिएको थियो ।
Facebook Comments

