६६ औं विश्व कुष्ठरोग दिवस अवसरमा र्याली सहित कार्यक्रम सम्पन्न
६६ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । पोखरामा पृथ्वीचोकबाट हरियोखर्क अस्पतालसम्म र्यालीको आयोनजा गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रायल अन्तर्गत स्वास्थ्य निर्देशनालयको अगुवाईमा र्याली निकालिएको हो ।
‘कुष्ठरोग कार्यक्रमको गन्तव्य, गलत धारणा र विभेदको अन्त्य’ भन्ने नाराका साथ यस बर्षको कुष्ठरोग दिवस देशैभर मनाईएको हो । र्यालीमा सहभागीहरुले कुष्ठरोगीहरुलाई विभेद नगरौं, कुष्ठरोगको उपचार सम्भव छ, कुष्ठरोगलाई घृणा नगरौं भन्ने लगायतका नारा लिखित प्लेकार्ड बोकेका थिए ।
पोखरामा रहेको हरियोखर्क अस्पतालमा कुष्ठरोगीहरुको उपचार हुन्छ भने कुष्ठरोगीहरुलाई विभिन्न सीपमूलक तालिमा मार्फत् आत्मनिर्भर बनाउने लगायतका परियोजना सञ्चालनमा रहेका छन् ।
Facebook Comments

