रवीन्द्र अधिकारीको निधनले अमेरिका र फ्रान्स पनि स्तब्ध !
पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि फ्रान्स र अमेरिकाले दुःख व्यक्त गरेका छन् । अमेरिकी राजदूत रेण्डी वेरीले मन्त्री अधिकारीको निधनमा दुःख व्यक्त गर्नुभएको हो ।
‘हेलिकोप्टर दुर्घटनाको खबरले हामी दुःखित भएका छौँ । दुर्घटनामा ज्यान गुमाउनेका परिवार प्रति हार्दिक समवेदन व्यक्त गर्दछौँ,’ राजदूत वेरीले ट्वीट गर्नुभएको छ । यसैगरी, काठमाण्डुस्थित फ्रान्सेली दुतावासले सामाजिक सञ्जाल ट्वीटर मार्फत शोक जारी गर्दै दुःख व्यक्त गरेको छ ।
‘हेलिकोप्टर दुर्घटनाले मन्त्री रविन्द्र अधिकारी र आङछिरिङ शेर्पासहितका अधिकारीहरुको निधनको खबरले स्तब्ध भएका छौँ,’ दुतावासले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, ‘दुःखको यस घडीमा शोक सन्तप्त परिवार जसले आफ्ना प्रिय आफन्त गुमाएका छन् उनीहरुप्रति समवेदना ।’
Facebook Comments

