प्रबन्ध निर्देशक शेर्पाको निधन : शुक्रबार यति एयरका सबै उडान बन्द हुने
यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनको शोकमा भोलि यति एयरका सबै उडान बन्द हुने भएका छन् । ताप्लेजुङमा हिजो हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित शेर्पाको पनि निधन भएको थियो ।
कम्पनीका प्रबन्ध निर्देशकको निधनको शोकमा भोलि देशैभर हुने यति एयरका उडान एक दिनका लागि बन्द गर्न लागिएको कम्पनीले जनाएको छ ।
Facebook Comments

