लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा कपिलवस्तुको कृष्णनगर तनावग्रस्त

लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले ठूलो रुप लिएपछि कपिलबस्तुकाे कृष्ण नगरमा तनाव भएकाे छ ।

जसका कारण प्रहरीसँगकाे मुठभेडमा एक जनाकाे मृत्यु भएकाे छ । प्रहरीको गोली लागी स्थानीय कृष्णनगर नगरपालिका २ सुरजकुमार पाण्डेको मृत्यु भएको बताइएकाे छ । यद्यपि प्रहरीले यसबारे केही बताएकाे छैन् ।

तनावग्रस्त स्थिति नियन्त्रणका क्रममा प्रहरी र स्थानीय समुदायबीच झडप भएको हाे ।

झडपमा केही प्रहरी समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएकाे छ ।

बुधबार साँझदेखि सुरु भएको विवादले बिहीबार विहान झनै उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको छ ।

मूर्ति विसर्जन गर्न जाने रुटको विषयलाई लिएर स्थानीय दुई समुदायबीच विवाद भएको बुझिएकाे छ ।

विवाद मिलाउन खोज्दा प्रहरीमाथि नै स्थानीय जाइलागेपछि स्थिति थप तनावग्रस्त बनेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments