बेगनासको आनन्द ज्योती बिद्यालयमा भुपु बिद्याार्थी मञ्च गठन
पोखरा ३१ बेगनासमा रहेको आनन्द ज्योती बिद्यालयमा भुपु बिद्याार्थी मञ्च गठन भएको छ ।
उक्त बिद्यालयमा अध्ययन गरेका पुर्व बिद्यार्थीहरुको हालै सम्पन्न भेलाबाट नवराज अधिकारीको संयोजकत्वमा भुपु बिद्याार्थी मञ्च गठन भएको हो ।
मञ्चका सदस्यहरुमा सुर्य बहादुर पाण्डे,अनिल सुबेदी, कृष्ण आचार्य, श्रीराम कडेल, बुद्दी बहादुर सुबेदी, बिकास कडेल, शुशिला अधिकारी सिग्देल, केशवराज तिवारी, अर्जुन पौडेल, सन्तोष अधिकारी, चिरञ्जीबी अधिकारी र श्यामहरी तिवारी चयन हुनुभएको छ ।
कार्यक्रममा पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं संघिय सांसद खगराज अधिकारीले आनन्द ज्योती माबीको बिकासमा आफ्नो भुमिका महत्वपुर्ण रहने भन्दै बिद्यालयलाई अब कृषी एकेडेमीको रुपमा बिकास गरिने बताउनुभयो ।
सोहि बिद्यालयका पुर्व बिद्यार्थी समेत रहेका अधिकारीले यस क्षेत्रको आवश्यकता र भौगोलिकता हेर्दा पनि आनन्द ज्योती कृषीको एकेडेमिक हब बन्न उपयुक्त रहेकोले यसका लागि आफुले जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।
पोखरा महानगरपालिका ३१ का वडाध्यक्ष कमल बहादुर थापाले बिद्यालयलाई कृषी एकेडेमी बनाउन वडा तहबाट मिल्ने सबै सहयोग गर्ने बताउनुभयो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रुद्रनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा बिद्यालयका प्रधानध्यापक शिबराज अधिकारी, बेगनास बिकास मञ्च पोखराका अध्यक्ष शुक्रराज अधिकारी, नेकपाका स्थानिय नेता गणेश बहादुर थापा, बिद्यालयका भुपु बिध्यार्थी मञ्चका नब निर्वा्चित संयोजक नबराज अधिकारी, बिश्वराज अधिकारी लगायतले बोलेका थिए ।

