पर्यटन प्रवर्द्धनमा सहकारीको भूमिका प्रभावकारी बन्दै

वित्तीय सेवासंगै समाज रुपान्तरणमा महत्वपूर्ण योगदान गरेका सहकारीहरुले पछिल्लो समय पर्यटन प्रवर्द्धनमा समेत प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेका छन् । सहकारी संस्थाहरुले पर्यटन प्रवर्द्धन उपसमिति गठन गरी कार्यक्रम सञ्चालनका लागि सहकारीहरुबीच अध्ययन अवलोकनका कार्यक्रम गरेर आन्तरिक पर्यटनमा प्रभावकारी भूमिका खेल्दै गएको व्यवसायीहरुले बताएका छन् ।

६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा देशभरका सहकारीहरुले सहकारी सचेतना लगायत सामाजिक तथा सांस्कृतिक रुपान्तरण र मानवीय सेवाका कामहरु गरिरहेका छन् । चैत २० गते ६२ औं राष्ट्रिय सहकारी दिवस मनाइदैछ ।

यसै सन्दर्भमा बागलुङको आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले जिल्लाकै पहिलो होम स्टेका सञ्चालकहरुलाई एक दिने सहकारी सचेतना तथा सहकारीमार्फत पर्यटन प्रवर्धन सम्बन्धी सचेतना प्रदान गरेको छ ।

बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेस्थित जिल्लाकै पहिलो होम स्टे ‘अतिथि सत्कार होम स्टे’ का सञ्चालक, मिलिजुली महिला समुहका सदस्य र आदर्श सञ्चार सहकारी संस्थाका शेयर सदस्यहरुलाई आइतबार सहकारी सचेतना तथा सहकारी मार्फत पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।

Facebook Comments