हेमजा लायन्समा पौडेल निर्वाचित

लायन्स क्लब अफ हेमजा को लायन बर्ष २०१९÷२०को अध्यक्षमा हरिश्चन्द्र पौडेल निर्वाचित भएका छन । शनिवार भएको क्लवको निर्वाचनवाट पौडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन कमिटिका संयोजक क्लवका सस्थापक अध्यक्ष, तिर्थबहादुर थापाले जानकारी दिनुभयो ।

लायन्स क्लब ईन्टरनेसनल डिस्टिक ३२५बि १ का रिजन चियर, पर्सन मोतीराज तिम्सीना डिर्पाटमेन्ट चिफ राजेन्द्र बहादुर सापकोटा कमिटि मेम्वर विनोद कुमार श्रेष्ठको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रथम उपाध्यक्षमा शिव प्रसाद पौडेल, द्धिर्तिय उपाध्यक्ष प्रकाश पौडेल, तृतीय उपाध्यक्ष ज्ञानेन्द्र बहादुर श्रेष्ठ, सचिव डोलराज श्रेष्ठ, एडमिनिस्टेटर प्रेम कुमार श्रेष्ठ, कोषाध्यक्ष कृष्ण पौडेल मेम्वरसिप चियर पर्सन सुरेश कुमार श्रेष्ठ, एलसिआइएफ को अर्डिनेटर गोविन्द दाहाल ,क्लव सर्भिश चियर पर्सन सुशिल श्रेष्ठ शिक्षा÷स्वाश्थ्य निर्देशक सन्तमान श्रेष्ठ,वातावरण संरक्षण निर्देशक मिन बहादुर श्रेष्ठ, सर्बसमम्त निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा रिजन चियर, पर्सन मोतीराज तिम्सीना डिर्पाटमेन्ट चिफ राजेन्द्र बहादुर सापकोटा कमिटि मेम्वर विनोदकुमार श्रेष्ठ,संस्थापक अध्यक्ष तिर्थबहादुर थापा तथा नव निर्वाचित अध्यक्ष हरिश्चन्द्र पौडेलले आ आफ्नो मन्तब्य राखेका थिए भने सचिव डोलराज श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।

Facebook Comments