चैत २८ देखी प्रथम कास्कीकोट चैते दशै महोत्सव

एैतिहासीक पौराणीक तथा धार्मीक स्थलको संरक्षण र प्रर्वद्धन गर्न कास्कीकोटमा प्रथम चैते दशै महोत्सवको आयोजना गरीएको छ । चैत्र २८ गते देखि चैत्र ३० गते सम्म हुने भएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रदेश सरकारले घोषणा गरेको आन्तरीक पर्यटन वर्षसगै कास्कीकोटमा ५० हजार पर्यटक भित्राउन पोखरा महानगरपालीका वार्ड नं २४ को आयोजना गरेको वडा अध्यक्ष ओम प्रसाद सुवेदीले वताउनुभयो ।

महोत्सवमा नेपालकै सर्वाधीक राषीको खुल्ला भजन चुट्का प्रतियोगीता ,कास्कीकोट स्तरीय कास्कीकोट भलिवल कप प्रतियोगिता ,कृर्षि तथा हस्तकला प्रर्दशनी, रत्योली प्रतियोगिता ,खुल्ला कविता प्रतियोगीता,म्युजीकल चियर,रस्साकसी,छेलो हान्ने, हाफ म्याराधुन प्रतियोगीता, लोप उन्मुख सरुन खेलको प्रर्दशन ,नौमती तथा पञ्चेवाजा प्रर्दशन , राष्टिय तथा स्थानीय लोक कलाकारहरुको प्रस्तुति,विभन्नि सांकृतीक झाकी लगाएत विविध कार्यक्रमहरुको आयोजना गरीएको छ ।

महोत्सवको अनुमानीत खर्च १५ लाख ८० हजार र आम्दानी १६ लाख ८० हजार गर्ने लक्ष्य वडा कार्यालयले राखेको छ । २६ वटा कास्कीकोट चैते दशै महोत्सव व्यवस्थापन उप समिती निमार्ण गरीएको महानगरपालीका कार्यापालीका सदस्य सन्तु सवेदीले वताउनुभयो । कास्कीकोट गुप्तकालीका मन्दीरमा ठुलो दशै र चैते दशैमा सयौ वर्ष अगाडी देखि मेला भने हुदै आइरहेको वडा सदस्य अग्नीधर त्रिपाठीले वताउनु भयो ।

Facebook Comments