थप ४ हजार १ सय ७ जनामा काेराेना संक्रमण पुष्टि, ३५ जनाकाे मृत्यु
४३ दिनयताकै उच्च संख्यामा संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार १ सय ७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । याेसँगै मुलुकभर सक्रिय संक्रमितको संख्या ३३ हजार ४ सय ६४ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ४ हजार १ सय ७ जनामा संक्रमण पुष्टि हुनुका साथै ३५ जनाकाे मृत्यु भएकाे हाे ।
मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ९ सय ७५ जना र ४ हजार ९ सय ४४ जनाको एन्टीजेन परीगक्षण गर्दा १ हजार १ सय ३२ जना गरी ४ हजार १ सय ७ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५ हजार ७२ पुगेको छ भने ९ हजार ९ सय ५७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म ६ लाख ६१ हजार ६ सय ५१ जना संक्रमणमुक्त भएका छन् ।
कोरोनाका गम्भीर बिरामीमध्ये ७ सय १४ जना आईसीयू र १ सय ५६ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

