नेपालमा पनि काेराेना भाइरसकाे ओमिक्रोन भेरियन्टकाे संक्रमण पुष्टि

नेपालमा पनि ओमिक्रोन भेरियन्टबाट संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट पुष्टि भएकाे हाे ।

कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरे तर नेपालमा पुनः जाँच गर्दा काेराेना भाइरसकाे ओमिक्रोन भेरियन्टकाे संक्रमण पुष्टि भएकाे हाे ।

दुवै जनामा कुनै अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे हाे ।

Facebook Comments