थप ३ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार २ हजार ६ सय ६ पीसीआर परीक्षणमा ३ सय ७१ र २ हजार ४ सय २० एन्टिजेन परीक्षणमा १९ जना गरी ३ सय ९० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ भने ४ सय २५ जना काेराेना भाइरसकाे संक्रमणबाट मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६५४ जना रहेका छन् । जसमध्ये ७ हजार ९४ जना होम आइसोलेसनमा रहेका छन् भने ५६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १८७ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
हालसम्म नेपालमा ९ लाख ९ हजार ७ सय ६५ काे संख्यामा काेराेना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको छ । त्यस्तै हालसम्ममा ७ लाख ९५ हजार ८२२ जना संक्रमणमुक्त भएका छन् ।

