अफगानी छात्राहरूले छुट्टै अध्ययन गर्नुपर्ने
अफगानिस्तानका विश्वविद्यालयहरुमा छात्राहरूले अबदेखि छुट्टै अध्ययन गर्नुपर्ने भएकाे छ ।
तालिबानले लिंगका आधारमा विभाजित हुने र पोशाकसम्बन्धी नयाँ नियम लागू गर्ने भएको छ । तालिबान सरकारले छात्रछात्रा एउटै कक्षामा सँगसँगै पढ्न नपाउने नियम लागू गर्न विश्वविद्यालयहरूलाइ भनेको छ।
कुन–कुन विषय पढाउने अर्थात पाठ्यक्रममाथि पनि पुनरावलोकन हुने एक मन्त्रीले बताएका छन् ।सन् १९९६ देखि २००१ सम्मको शासनको क्रममा भने तालिबानले महिला तथा किशोरीहरुलाई विश्वविद्यालय तथा विद्यालय जान नै प्रतिबन्ध लगाएको थियो ।
तालिबानले योपटक भने महिलाहरुलाई शिक्षा र रोजगारबाट वञ्चित नगर्ने बताएको छ । तालिबानको शासनपूर्व अफगानिस्तानमा छात्राहरुका लागि पोशाकसम्बन्धी बन्देज थिएन । यस्तै छात्र–छात्रा एकै कक्षामा सँगै बसेर पढ्ने गरेका थिए ।
Facebook Comments

