पछिल्लाे २४ घण्टामा २ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएका जानकारी अनुसार ९ हजार ३ सय ९२ जनाको पीसीआर परीक्षणमा २ सय २९ जना र ४ हजार ३ सय १७ एन्टिजेन परीक्षणमा ३५ जना गरी २ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ सय ६२ छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या २ रहेको छ । मन्त्रालयले हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८९ रहेको जनाएकाे छ ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ६ सय ९ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५९ पुगेको छ भने ८ लाख ७ हजार ५१६ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल ५ हजार ३८६ जना होम आइसोलेसनमा रहेका छन् भने ३०३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १२० जना आईसीयू र २७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
पछिल्लाे समय अाेमिक्राेन भेरियन्टका कारण जाेखिम बढेकाे चिकित्सकहरूले बताएका छन् । भीडभाडमा नजान तथा मास्ककाे प्रयाेग गर्न उनीहरूकाे सुझाव छ ।

