थप १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लाे २४ घण्टामा थप एक हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६६ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार ८७५ जनाको नतिजा पोजिटिभ आएको हो ।

६ हजार ८५८ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ३१० र तीन हजार २०८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५६५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण २१ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या नौ हजार ५२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार १६४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ३० हजार ४०७ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार ९५२ रहेको छ ।

Facebook Comments