पूजा आराधना गरी विश्वकर्मा दिवस मनाइँदै
आज कालिगढले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी मनाउन लागिएकाे हाे ।
कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर आजकाे दिन धुमधामसँग विश्वकर्मा बाबाकाे पुजा आरधना गर्ने प्रचलन छ ।
बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने प्रचलन छ ।
विभिन्न पेशा ब्यवसायमा कालिगढले उपयोगमा ल्याउने विभिन्न औजारहरूका सामानमा पूजा आराधना गर्ने चलन रहीआएकाे छ ।
धार्मिक विश्वास अनुसार सवारी धनीहरूले आज आफ्ना सवारी साधन धोई-पखाली पूजा गरेका छन् भने मिठाइ र फलफूल विश्वकर्मा बाबालाई चढाउने गर्दछन्।
विश्वकर्मा नवनिर्माणसा सम्बन्धित छ । विश्वकर्मा बाबाले कृष्ण भगवानलाई समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ। वास्तु दिवसका रूपमा समेत आजकाे दिनलाइ मनाउने प्रचलन छ ।

