थप २ सय ७१ काेराेना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे अनुसार साेमबार ९ हजार १ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा २ सय ५१ जना र १ हजार ७ सय २९ जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा १ जनाको मृत्‍यु भएको छ भने २२५ जना संक्रमणमुक्त भएकाे जनाएकाे छ । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ६ सय ७३ पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ५ सय ८६ पुगेको छ ।

हालसम्म संक्रमितमध्ये ८ लाख ११ हजार ५ जना काेराेनाकाे संक्रमणबाट मुक्त भएका छन् । कोरोनाका संक्रमितमध्ये गम्भीर अवस्थाका ७८ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Facebook Comments