नाबालिग बलात्कार अभियोगमा पल शाहलाई सफाइ
जिल्ला अदालत नवलपुरले अभिनेता पल शाह (पूर्णविक्रम शाह) विरूद्धकाे बलात्कार मुद्दामा सफाइ दिएकाे छ ।
नाबालिग बलात्कार अभियोगबाट सफाइ पाएपनि शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय र २५ हजार जरिवानाकाे फैसला भएकाे छ ।
जिल्ला अदालत नवलपुरका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासबाट मंगलबार उक्त फैसला सुनाइएकाे हाे ।
पल शाहले पीडितलाई १० लाख रूपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसलामा उल्लेख छ । नवलपुरकाे अदालतले सफाइ दिएपनि शाह विरूद्धकाे मुद्दा तनहुँ जिल्ला अदालतमा चलिरहेकाे छ ।
प्रहरीले नाबालिग बलात्कार अभियोग दर्ता गरेपछि तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। शाहले पुनरावेदन गरेपनि उच्च अदालत पाेखराले जिल्लाकै आदेश सदर गरेको थियो ।
Facebook Comments

