थप १९४ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप १ सय ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे अनुसार ३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७ सय ५६ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय २० जना गरी १ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ सय ४८ जना कोरोना संक्रमणमुक्त भएकाे जनाएकाे छ । हाल मुलुकभर ५ हजार ८७५ जना संक्रिय संक्रमित रहेका छन् । काेराेनाका बिरामीमध्ये १ सय ३० जना संस्थागत आइसोलेसनमा र गम्भीर अवस्थाका ४२ जना आईसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत् गराइरहेका छन् ।
Facebook Comments

