खर्दु र निशाने खोलाको पानी धरानमा ल्याइयाे
धरान बजारमा खर्दु र निशाने खोलाको पानी ल्याउने कार्यमा सफलता मिलेकाे छ ।
गत बैशाखमा स्थानीय तह निर्वाचनमा धरानमा पानीकाे समस्या समाधान गर्ने प्रतिवद्धताका साथ मेयरमा निर्वाचित मेयर हर्क साम्पाङले खर्दु र निशाने खोलाको पानी ल्याउने कार्यमा नेतृत्वदायी भूमिकाका साथ सफलता हाँसिल गर्नुभएकाे हाे ।
धरानमा पानीको समस्या समाधान गर्ने बाचाका साथ निर्वाचित भएलगत्तै साम्पाङले खर्दु, सर्दु र निशाने खोलाको पानी ल्याउने कार्यमा अग्रसरता लिनुभएकाे थियाे ।

साम्पाङले सामाजिक सञ्जालमा एक भिडियाे राख्दै खुशीयाली साट्नुभएकाे छ भने खर्दु र निशानेलाई मात्रै जोडेकाे, सर्दु जोड्न बाँकी रहेकाे र सर्दुसँग त झन् ठूलो पानीकाे फोहोरा मिल्ने उल्लेख गर्नुभएकाे छ ।
मेयर भएर पनि पदीय जिम्मेवारी भन्दा पनि स्टन्टबाजी गर्न लागिपरेकाे भन्दै साम्पाङकाे अालाेचना समेत हुने गरेकाे छ । तर पानी धरानमा ल्याउन सफलता मिलेपछि भने साम्पाङकाे प्रशंसा बढेकाे छ ।

