लागू औषध सहित एकजना पक्राउ

जिल्ला प्रहरी कार्यालय, कास्कीको टोलीले लागू औषध सहित एक व्यक्ति पक्राउ गरेकाे छ । पोखरा महागनरपालिका वडा नं.१ स्थित भैरबचोकबाट पोखरा ९ न्यूरोड बस्ने वर्ष १९ को रोहित बि.क. लाइ प्रहरीले पक्राउ गरेकाे हाे । निजकाे साथबाट लागू औषध डाईजापाम-१२१ एम्पुल, फेनारगन-१२१ एम्पुल र नर्फिन-१२१एम्पुल गरी जम्मा ३६३एम्पुल लागू औषध फेला पारेको प्रहरीले जनाएकाे छ ।

बि.कलाइ नियन्त्रणमा लिई लागू औषध सम्बन्धी मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट दिनदश(१०) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।

Facebook Comments