त तराई भेगमा हुस्सु/कुहिरो , पहाडी भूभागमा हल्का वर्षाकाे संभावना

पश्चिमी वायुको प्रभावले पहाडी भूभागमा हल्का वर्षात् भएकाे छ भने तराई भेगमा हुस्सु लागेकाे छ ।

जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली  प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

महाशाखाले पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षाको  साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाएकाे छ।

साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।बिहीबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ।

प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। 

शुक्रबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै शनिबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। 

काठमाण्डाै उपत्यकामा हल्का वर्षा भएकाे छ भने चिसाे बढेकाे छ ।

Facebook Comments