समाजलाई सहि दिशा दिन कलाकारको भूमिका महत्वपूर्ण( कास्की समन्वय प्रमुख पौडेल

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले समाजलाई सहि दिशा प्रदान गर्ने कलाकारको
महत्वपूर्ण भूमिका हुने बताउनुभएकाे छ ।

विश्व संगीत दिवसको अबशरमा राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीले पोखरामा मंगलबार आयोजना गरेको रक्तदान स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रममा उहाँले यस्कोताे बताउनुभएकाे हाे ।

उहाँले हरेक राजनीतिक परिबर्तनमा कलाकार हरुले गीत संगीत र कलाको माध्यमबाट जनचेतना फैलाउन तथा समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनीहरुको बिकासाको लागि राज्यले बिशेस नीति निर्माण गरि अगाडी बढ्नुपर्ने भन्दै सो को लागि राज्यका निर्णायक निकायहरु संग आफु समन्वयमा जुट्ने बताउनुभयाे ।

उहाँले कलाकारहरु राष्ट्रको गहना मात्रै नभएर अमुल्य सम्पति भएको हुदा कलाकार पलायन हुनुपर्ने अवस्थाकाे बदल्नुपर्ने बताउनुभयाे ।

कलाकारहरूकाे आय आर्जनका पाटाहरुलाई ब्यबस्थित बनाउन प्रभावकारी नीति निर्माणमा पाैडेलले जाेड दिनुभयाे । कार्यक्रममा अग्रज कलाकार सम्मर बहादुर गायक ,लोकदोहोरी गीत प्रतिष्ठानका निबर्तमान केन्द्रीय उप महासचिब चोलेन्द्र पौडेल, ७९ औ पटक रक्तदान गर्ने व्यक्ति लक्ष्मण गुरुङ लगाएतलाई सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा ४८ युनिट रगत संकलन भएकाे थियाे ।

Facebook Comments