भरतपुर महानगरपालिका भवन बनाउन जग्गा प्राप्त
चितवनको भरतपुर महानगरपालिकाले कार्यालय परिसरमा जग्गा प्राप्त गरेकाे छ । महानगरले प्रशासनिक भवन भएकाे स्थानमा साँघुराे भएकाले जग्गा प्राप्त गर्न प्रयास गरेकाे थियाे । प्रशासकीय भवन रहेकाे स्थान नजिकै नेपाल नेत्रज्योति संघ, चितवनले एक विघा १५ धुर जग्गा महानगरलाइ प्रदान गरेकाे छ ।
महागनरपालिकासँगै रहेको संघको जग्गा महानगरको नाममा लैजाने गरी बिहीबार मेयर रेनु दाहाल र नेपाल नेत्रज्योति संघ चितवनका अध्यक्ष कृष्णराज धरेलले सम्झौतापत्रमा हस्ताक्षर भएकाे छ ।
नेपाल नेत्रज्योति संघ, चितवनले जग्गा दिए बापत संघकाे भवन बनाउन महानगरपालिकाले श्राेत जुटाउने लगायतका लागि सहजीकरण गरिदिने बताइएकाे छ ।
Facebook Comments

