निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वाेच्चकाे उत्प्रेषण आदेश

बाराको निजगढमा बनाउने भनी सरकारले नीति तथा कार्यक्रममा राख्ने गरेकाे अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रस्ताव अगाडि नबढाउन सर्वाच्चले उत्प्रेषणको आदेश जारी गरेकाे छ ।

सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय उत्प्रेषणकाे आदेशले बदर गरिदिएको हाे ।

न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले उत्प्रेषणको आदेश जारी गरेकाे हाे । लिखित फैसला विस्तृत उल्लेख हुने भन्दै वातावरणीय प्रभाव लगायतका बिषय ध्यानमा राखी फैसला भएकाे सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयाे ।

बिहीबार सर्वोच्चको बृहत पूर्ण इजलासले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने भए ऐन, कानुन र विधिशास्त्रीय मान्यता अनुसार उपयुक्त विकल्प खोज्न बनेकाे छ ।

निजगढमा विमानस्थल निर्माण गर्दा वातावरणीय क्षति धेरै हुने भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासमेत र रञ्जुहजुर पाँडे समेतकाे छुट्टाछुट्टै रिटमा सर्वाेच्चकाे यस्ताे फैसला आएकाे हाे ।

Facebook Comments