भाट समाज कास्कीको अधिवेसन सम्पन्न
रानाभाट÷भाट समाज नेपाल कास्कीकाे साधारण सभा तथा छैटौं अधिवेसन सम्पन्न भएकाे छ ।
अधिवेसनले जिल्ला समितीको शनिबार सम्पन्न १३ औं साधारण सभा तथा छैटौं अधिवेसनबाट कृष्तीका सुर्यबहादुर रानाभाटको अध्यतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेकाे छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा नरेशकुमार बन्जरा, उपाध्यक्षमा प्रतिभा रानाभाट र अन्जु रानाभाट, सचिवमा सुर्यप्रसाद बन्जरा, सहसचिवमा एकेन्द्र बन्जरा, कोषाध्यक्षमा रेशमबहादुर रानाभाट र सदस्यहरुमा विमला रानाभाट, श्रीराम रानाभाट, एकदेव रानाभाट, लक्ष्मण रानाभाट, संजयकुमार रानाभाट, गंगा रानाभाट, वासुदेव रानाभाट, विष्णुकुमारी रानाभाट, भुपेन्द्र रानाभाट, ढकबहादुर रानाभाट, पद्मा रानाभाट, सिता रानाभाट र शम्भु अधिकारी चयन हुनुभएकाे हाे ।
सो अवसरमा शिक्षामा विशिष्ठ योगदान गरेवापत फिष्टेल एकेडेमीका संस्थापक प्राचार्य चिनु रानाभाट, कृस्तिका डा. मिनबहादुर रानाभाट, भाट समाजको पुर्नजागरण समय २०६४ देखि अनवरत समाजमा योगदान गरेबापत पश्चिमाञ्चल क्षेत्रिय समिति पुर्व सचिव असफल गौतम, पुर्व कोषाध्यक्ष कृष्ण रानाभाट, सहसचिव विकास रानाभाट, अभियान्त विष्णु रानाभाट, कास्की जिल्ला पुर्व अध्यक्ष बुद्धिबहादुर रानाभाटलाई सम्मान गरिएको थियो ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पुर्व केन्दिय्र अध्यक्ष खड्गबहादुर रानाभाटले सपथ ग्रहण गराउनुभएकाे थियाे ।
समाजका अध्यक्ष रमेश रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ट उपाध्यक्ष श्रीधर रानाभाटले र संचालन सचिव रुद्रबहादुर रानाभाटले गर्नुभएकाे थियाे ।

