कास्कीमा ‘म्यादी प्रहरी’ छनाैटका लागि लिखित परीक्षा हुने
स्थानीय तह निर्वाचन, २०७९ सुरक्षार्थ ‘म्यादी प्रहरी’ भर्नाको लागि लिखित परीक्षा यही १८ गते दिउँसाे १:०० बजेदेखि हुने भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले चैत १५, १६ र १७ गते सशस्त्र प्रहरी गुल्म गण्डकी (पार्दी)मा संचालन गरेको प्रारम्भिक स्वास्थ्य परिक्षण र शारीरिक तन्दुरुस्ती परीक्षा संचालन गरेकाे छ ।
उक्त परीक्षामा उर्तीण भएकाहरूकाे लिखित परीक्षा संचालन गर्न लागिएकाे हाे । यसअघि १८ गते बिहान ०८:०० बजे परीक्षा हुने भनिएकोमा विशेष कारणबस दिउँसो १ बजेका लागि सारिएकाे हाे ।
Facebook Comments

