समावेशीटोल टोल प्रवेशद्वार उद्घाटन

पोखरा १४ चाउथेमा रहेको समावेशीटोल विकास संस्थाको चौंथो बार्षिक साधारणसभा तथा टोल प्रवेशद्वारमा बनेको गेट उदघाटन गरिएको छ ।

पोखरा प्रवेशको राजमार्गछेउमा बनाइएको स्वागतद्वार नेकपा माओवादी केन्द्रकी प्रदेश सांसद एवं गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले उद्घाटन गर्नुभएको हो ।

सोही अवसरमा बार्षिक साधारणसभा तथा अधिवेशनबाट राजु गिरीको अध्यक्षतामा टोल विकास संस्थाको नेतृत्व चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा शान्ता परियार, सचिवमा जितबहादुर थापा, सहसचिवमा गोविन्द अधिकारी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे, सदस्यहमा सोविन्द्रा श्रेष्ठ, सुरेन्द्र पण्डित, लालबहादुर गुरुङ, दिल जैसी, चन्द्रकला कुँर, सुनिता पराजुली, अनुस्का पौठेल सुवेदी र दिलकुमार श्रेष्ठ चयन हुनुभएको छ ।

Facebook Comments