विपिन जाेशी हमासकाे नियन्त्रणमा

इजरायलले नेपाली बिद्यार्थी विपिन जाेशी हमासकाे नियन्त्रणमा रहेकाे बताएकाे छ । इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले हमासले बन्धक बनाई गाजातर्फ लगेकाहरूमा नेपालका विपिन जोशी पनि रहेको जानकारी दिएको हाे।

इजराइलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा आइडिएफका प्रवक्ताले हमासको बन्धकमा हुनेहरूमध्ये विपिन जोशी समेत रहेको जानकारी दिएको उल्लेख छ।

‘७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किब्बुज-अलुमिम मा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरु मध्येमा नेपाली विद्यार्थी श्री विपिन जोशी पनि रहेको ईजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

इजरायल र हमासवीचकाे द्वन्द्वमा सयाैं विदेशी नागरिक बेपत्ता छन् । विपिनकाे अवस्था पत्ता नलाग्दा परिवार चिन्तामा छन् र सरकारसँग छिटाेभन्दा छिटाे सकुशल उद्दारका लागि अनुराेध गरिरहेका छन् ।

Facebook Comments