काेशी, गण्डकी र मधेसका केही स्थानमा भारी वर्षाकाे संभावना

नेपालकाे पूर्वी भूभागमा मनसुनकाे प्रभाव परेपनि पश्चिमी भूभागमा मनसुन पुगिसकेकाे छैन ।

गत जेठ ३१ गते नै नेपाल भित्रिएको मनसुन अझै पनि  देशभर पुग्न नसकेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार अहिले देशको पूर्वी भूभागमा मनसुनको प्रभाव छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ। आज बुधबार देशैभर आंशिक देखि सामान्य बदली हुने महाशाखाकाे पूर्वानुमान छ।

आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ।

राति भने कोशी , मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ महाशाखाले जनाएको छ।

तापक्रम केही घट्ने हुँदा गर्मीबाट भने केही राहत मिल्नेछ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाे शुक्रबारसम्मकाे मौसम पूर्वानुमान बुलेटिन

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशभर आंशिक देखि सामान्य बदली  रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

२०८० आषाढ ०६ गते (बुधबार) 

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी , मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८० आषाढ ०७ गते (बिहीबार) 

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८० आषाढ ०८ गते (शुक्रबार) 

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ( Warning / Advisory for next 24 hours)

देशका केही स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै कोशी , मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुनाले मेघ-गर्जन/चट्याङ्ग, बाढी, पहिरो भू-क्षय तथा गेग्रान बहाव(debris flow) तथा वर्षा का कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

Facebook Comments