मुलुकका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
आज प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा तथा उच्च भूभागमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान अनुसार हाल देशमा पश्चिमी बायुको सामान्य प्रभाव छ भने पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
महाशाखाले जारी गरेकाे बुलेटिन
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
२०७९ फागुन १४ गते (आइतबार)
दिउँसोː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन /चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातीː प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

