चीनमा वाङ यी विदेशमन्त्री नियुक्त

चीनियाँ राष्ट्रपति सि जिन पिङले पार्टीका नेता वाङ यीलाई विदेशमन्त्री नियुक्त गर्नुभएकाे छ । वाङले केही समय पहिला पनि विदेशमन्त्रीका रूपमा काम गर्नुभएकाे थियाे ।

राष्ट्रपति सि ले चिनियाँ विदेशमन्त्री छिन काङलाई हटाउनु भएकाे चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् । काङलाई के कारणले बर्खास्त गरिएकाे भन्ने खुलेकाे छैन ।

अमेरिकाका लागि पूर्व राजदूत रहेका काङलाई गत डिसेम्बरमा भएको चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनबाट सीधै विदेशमन्त्री चयन गरिएकाे थियाे ।

राष्ट्रपति सीका विश्वासपात्र भएकै कारण काङ विगत १ महिना देखि नै सार्वजनिक कार्यक्रमहरूमा अनुपस्थित रहेकाले विभिन्र अड्कलबाजी भइरहेका बेला उहाँ बर्खास्तीमा पर्नुभएकाे हाे ।

हाल विदेशमन्त्रीकाे जिम्मेबारी पाउने वाङ आक्रामक कूटनीति गर्नेमा पर्नुहुन्छ । यसअघि नै विदेशमन्त्री काङ सहभागी हुने तय भएका केही कार्यक्रममा वाङ सहभागी हुनुभएकाे थियाे ।

Facebook Comments