माध्यमिक शिक्षा परीक्षा एसइई सुरू
विद्यालय जीवनकाे महत्वपूर्ण मानिने माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरू भएको छ।
शुक्रबार बिहान ८ बजेदेखि ताेकिएका परीक्षा केन्द्रहरूमा परीक्षा सुरू भएको हो। एसइई परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईका लागि करिब पाँच लाख विद्यार्थी सहभागी हुँदैछन्।
यसपाली मुलुकबाहिर जापनमा एक र मुलुकभित्र २ हजार ३६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भइरहेकाे छ ।
रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिदैंछन्। परीक्षा चैत २९ गतेसम्म चल्नेछ।
Facebook Comments

