मन्त्रालयमै उपसचिवमाथि हातपात
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवका स्वकीय सचिव प्रेम आचार्यमाथि मन्त्रालयभित्रै हातपात भएकाे छ । मन्त्रालयका उपसचिव आचार्य माथि कर्मचारी सरूवाका विषयमा हातपात भएकाे हाे ।
बुधबार दिउँसो सुरेन्द्र भण्डारीसहित गएका ८/१० नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघका कार्यकर्ताले सरूवामा घुस खाएको मन्त्रालयमा वादविवाद गर्दै उहाँमाथि हातपात गरेकाे बताइएकाे छ ।
भण्डारीलगायत नेता/कार्यकर्ताले मन्त्रालयका उपसचिव शोभाकर रेग्मीलाई उद्योग विभागमा सरूवा नगरेकाे भन्दै गुनासाे गरेका हुन । उनीहरूले घुस खाएर अर्का उपसचिव विनोद खड्कालाई सरूवा गरेको आरोप लगाएका थिए।
होहल्ला बढेपछि मन्त्री यादव बाहिर आएर घुस खाएको भए प्रमाण ल्याउन भनेपछि धकेलाधकेल भएकाे मन्त्रालय श्राेतलेजनाएकाे छ । मन्त्रीसँग पनि विवाद गरेपछि प्रहरी बाेलाइएकाे थियाे । प्रहरी बाेलाएपछि कर्मचारीहरू प्रहरी अाउनु अगावै त्यहाँबाट निस्केका थिए ।

