कांग्रेसद्वारा निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही(नामावली सहित)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २०७४ सालको निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ ।

पार्टीले स्थानीय,प्रदेशसभा र संघीय संसदको निर्वाचनमा अन्तर्घात गर्नेको नाम पार्टीको अभिलेखबाटै हटाउने निर्णय गरेको हो । 

पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका, निजका प्रस्तावक एवं समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका, नेता तथा कार्यकर्तालाई कारबाही गरिएको हो ।

कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेद्वारा जारी विज्ञप्तिमा सो कुराको जानकारी दिइएको हो । 

जारी विज्ञप्तिमा भनिएको छ–‘कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम कारबाही भएकोले नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले गरेको निर्णय बमोजिम त्यस्ता बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएका सबै तहका नेता तथा कार्यकर्ताहरुलाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन गरेको छ।’ 

Facebook Comments